SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । गत साउन १० गते सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनामा सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालिएको छ । सुनसरी र सिरहा घटनाबारे छानबिन गर्न गठित समितिले सो निष्कर्ष निकालेका हुन् ।