श्रम ऐन उल्लङ्घनमा कडाइ, विभागले रोजगारदाताबाट एक महिनामै भुक्तान गरायो श्रमिकका १.४० करोड पारिश्रमिक
काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकको अधिकार संरक्षण, श्रम ऐन कार्यान्वयन, बालश्रम नियन्त्रण तथा व्यवसायजन्य सुरक्षा मापदण्डको पालना गराउन अनुगमनलाई तीव्रता दिएको छ। विभाग र मातहतका कार्यालयको साउन महिनाको सुशासन कार्यसम्पादन सूचकाङ्क तथा प्रगति विवरणअनुसार उक्त अवधिमा श्रमिकलाई १ करोड ४० लाख ५२ हजार ८ सय १५ रुपैयाँ बराबरको पारिश्रमिक भुक्तानी गराइएको छ।