SHARE
कर्पोरेट समाचार · मङगलबार २ भौ २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

पहिरो प्रभावित बाजुरा ताम्सुका २३५ जना त्रिपालमुनि, राहत वितरण जारी

बाजुरा । बाजुराको ताम्सु पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरोबाट प्रभावित ५८ परिवारलाई राहत तथा सरसफाइ सामग्री वितरण गरिएको हो । २०८३ साउन २८ गते राति परेको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरो गएको थियो । पहिरोमा परी दुईवटा घर पुरिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार