SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

मुगु । रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ । गत साउत ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका ११ वर्षीय गौरव भामको मृत्यु भएको थियो ।