SHARE
कर्पोरेट समाचार · सोमबार १ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन पुरस्कार : गणेश इलेक्ट्रोनिक्सबाट ३५० को सामान किन्ने ग्राहकले जिते १० लाख रुपैयाँ

काठमाडौं। आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत बम्पर उपहार विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विभागले पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो । विभागका अनुसार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले दोस्रो पाक्षिकको बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ जितेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार