SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

म्यानमारमा भीषण बाढी: ३२ नगर क्षेत्र प्रभावित, ६० हजारभन्दा बढी विस्थापित

एजेन्सी । म्यानमारमा जुलाईको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म नौवटा क्षेत्र र राज्यका ३२ वटा टाउनसिप (नगरपालिका) प्रभावित भएका छन् । म्यानमार रेडियो र टेलिभिजनले विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।