SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम

चितवन । मधेस, बागमती र गण्डकी प्रदेशका ५४ विद्यालयका २३४ जना स्काउट विद्यार्थीलाई नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न गरिएको छ । चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा तीनदिने ‘ट्रुप लिडर ट्रेनिङ क्याम्प’ तथा नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो ।