SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०२:२५ AM · 1 मिनेट पढाइ

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवद्र्धन हुन नसक्दा पर्यटकीय सम्भावना भएर पनि अघि बढ्न सकेको छैन ।