SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

युवा अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तीन तहका सरकारले नै युवाका अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोगले युवाको विचार सुन्न, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न आग्रह गरेको हो ।