SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

वीरगञ्जमा बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

पर्सा । अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेकाले महानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।