SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

युवा देशको भविष्य मात्र होइन, वर्तमानका नेतृत्वकर्ता हुन्: सांसद थेबे

काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका मुख्य नेतृत्वकर्ता भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थेबेले युवालाई राज्यको नीति निर्माणको तहमा सहभागी गराउनुपर्नेमा जोड दिए ।