SHARE
मकालु खबर · बुधबार २७ साउन २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

धनकुटामा एक हजार ५२१ किलो गाँजा नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले विभिन्न मिति र स्थानहरूबाट बरामद गरेका लागुऔषधहरुलाई धनकुटा नगरपालिका–९ मूलघाटमा रहेको तमोर नदी किनारमा नष्ट गरेको हो ।