SHARE
कर्पोरेट समाचार · बुधबार २७ साउन २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

ऋण चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि मिटरब्याज पीडित महिलाले अदालतअगाडि खन्याइन् पेट्रोल

धनुषा। धनुषामा एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि जनकपुरधाम उपमहानगरपालिका–४ की ५० वर्षीया फूलकुमारी रजकले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेकी हुन् । रजकले पेट्रोल छर्केको देखेपछि सुरक्षाकर्मीले उनलाई तत्काल रोकेका थिए । घटनापछि उनको अवस्था सामान्य रहेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार