SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०४:१९ PM · 1 मिनेट पढाइ

पोखराको पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने

काठमाडौं । पोखराको पृथ्वीचोकमा वर्षौंदेखि सडक पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका लामो तथा छोटो दूरीका बस आजदेखि बसपार्कभित्रबाटै छुट्न सुरु गरेका छन् । सडक पेटीमा हुँदै आएको बस पार्किङ तथा यात्रु चढाउने–झार्ने कार्य हटाएर बसपार्कभित्रैबाट सेवा सञ्चालन गर्न सुरु गरिएको हो ।