SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसद्को ध्यानाकर्षण

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको मंगलवारको बैठकमा एक १७ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी उनको डिम्ब (ओभम) निकालिएको गम्भीर र संवेदनशील घटनाप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले उक्त घटनाबारे सदनको ध्यानाकर्षण गराएकी हुन् ।