SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा

एजेन्सी । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले होर्मुज जलडमरूमध्यमा उपलब्ध गराइने सामुद्रिक सेवाबापत शुल्क लिइनुपर्ने बताएका छन् । सोमवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् ।