स्काउटका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यही साउन ५ गते निर्वाचित उक्त पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आज अल्पकालीन अन्तरिम आदेश गरेको हो ।