SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

भन्सार छलेर ल्याइएका सामान बरामद

काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी रु ३३ लाख ९४ हजार ८०० बराबरको सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज मोबाइलका पार्टपुर्जा, चिनी र डोरीलगायत उक्त परिमाणका सामान बेवारिसे अवस्थामा बरामद गरिएको जनाएको हो ।