SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

सन्दीपलाई फेरि कप्तानी, हटाइए रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय कप्तानमा सन्दीप लामिछाने फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको कप्तान बनाउने निर्णय गरेको हो । सन्दीप सन् २०२२ पछि पहिलोपटक नेपाली टोलीको कप्तानीमा फर्किएका हुन् ।