आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह
काठमाडौं । सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिन्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा आज धनगढीमा गरिएको बजार अनुगमनका क्रममा ग्यास थोकविक्रेतामा नियमित आपूर्ति भइरहे पनि माग अत्यधिक बढिरहेको पाइएपछि अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको हो ।