दूधखोला जलविद्युत आयोजनामा एनएमबी र सानिमा बैंकले १० अर्ब १ करोड लगानी गर्ने
काठमाडौं। माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार एनएमबी बैंकले ६ अर्ब ८१ करोड र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार