कर्णाली विकास बैंक कर्जा अपचलन प्रकरणमा तत्कालीन सीईओसहित ३ जना पक्राउ
काठमाडौं । समस्याग्रस्त कर्णाली विकास बैंकको कर्जा अपचलन तथा आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार