SHARE
पर्दाफास · बुधबार २० साउन २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

जिल्ला सिरहा, लहान नगरपालिका-२२ सलोखरीमा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले पेस्तोल र म्याग्जिनसहित तीन जना जनालाई पक्रउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन्।