SHARE
पर्दाफास · बुधबार २० साउन २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

सरकारसँगको १९ बुँदे सहमतिपछि नर्स ज्योतिले तोडिन अनसन

विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियान्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छन् । सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बिचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि उनले अनसन अन्त्य गरेकी हुन् । नर्ससमेत रहेकी रानाभाटले यही साउन १४ गतेदेखि अनसनमा बसेका थिए ।