SHARE
पर्दाफास · बुधबार २० साउन २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार ३४५ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५१, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ ।