SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

रेडक्रस अनियमितता छानबिन समितिले माग्यो थप उजुरी

नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमिततासम्बन्धी उजुरी संकलन गर्ने समयावधि थप गरिएको छ । सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाका विभिन्न तहमा हुने आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिका विषयमा तथ्य र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।