SHARE
पर्दाफास · मङगलबार १९ साउन २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कुन रुटमा कति ?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा समेत बढेको छ । निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएको थियो । अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको छ ।