आईपीओको वित्तीय पुनरावलोकन मापदण्डबारे सेबोनको अभिमुखीकरण सम्पन्न, प्राथमिक बजार सुधारका लागि श्वेतपत्र ल्याइने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने उद्देश्यले लागू गरिएको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकरहरूका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।