SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट

एजेन्सी । स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहर (हिटवेभ) लगत्तै मुलुकका विभिन्न भू–भागमा भीषण डढेलो फैलिएको छ । डढेलोका कारण जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा वन क्षेत्रमा क्षति पुगेको छ । हालसम्मको विवरणअनुसार उत्तरी प्रान्त हुस्काको ला लिटेरामा मात्रै करिव ४ हजार हेक्टर जमिन डढेलोको चपेटामा परेको छ ।