SHARE
मकालु खबर · शुक्रबार​ १२ मंिर २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

शिरिस्थानको ज्वालाबाट ‘दसौँ राष्ट्रिय खेलकुद’को ट्रफी टुर सुरु

दैलेख । कर्णाली प्रदेशको राजधानीबाट सबैभन्दा नजिकको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जिल्ला दैलेखको प्रसिद्ध शिरिस्थान मन्दिरको अखण्ड दीप (मूल ज्वाला)बाट आगो प्रज्वलन गरी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘ट्रफी टुर’ अभियान सुरु गरिएको छ । सुर्खेतबाट आएको विशेष टोलीले शिरिस्थान मन्दिरस्थित मूल ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी आज अभियानको शुभारम्भ गरेको हो ।