भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी
कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ । विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भए पनि कार्गो सेवा सञ्चालनमा नआएकाले त्यसबाट भन्सार राजस्व प्राप्त हुनसकेको छैन ।