प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत
विराटनगर ।प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा भएका सहमतिको मोरङ उद्योग व्यापार सङ्घले स्वागत गरेको छ । सङ्घका अध्यक्ष अनिलकुमार साहले आज सञ्चारकर्मीसँग भ्रमणका उपलब्धिबारे धारणा सार्वजनिक गर्दै यसले नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपेको र नेपाली उद्योगी–व्यवसायीलाई लाभ पुग्ने बताए ।