SHARE
Samata Press · बिहीबार ११ मंिर २०८३ ०८:४१ PM · 1 मिनेट पढाइ

विवाह नगर्ने सोचमा रहेकी गायिका टीका सानुलाई पिरोल्यो मङ्सिरले, ‘किन आउँछ होला यो महिना ?’

काठमाडौँ । विवाह नगर्ने सोच बनाएर बसेकी गायिका टीका सानुलाई पनि मङ्सिर महिनाले विवाहबारे सोच्न बाध्य बनाएको छ । विवाहको मौसम मानिने मङ्सिरमा वरिपरि विवाहका चर्चा र चहलपहल बढिरहेका बेला उनले आफूलाई पनि विवाह नगर्ने मान्छेको सूची सम्झाएर मन बुझाउनुपरेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै टीकाले बुधवार रातभर निद्रा नलागेको र बिहीबार दिनभर भोकसमेत नलागेको उल्लेख गरेकी छन् ।