SHARE
कालिका खबर · बिहीबार ११ मंिर २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद्को वरीयतामा सोबिता गौतमको छलाङ, तेस्रो स्थानमा उक्लिइन्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका छन्। नयाँ व्यवस्थाअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो वरीयतामा पुगेकी छन्। यसअघि सातौं स्थानमा रहेकी गौतमलाई चार स्थान माथि ल्याइएको हो। उनी तेस्रो स्थानमा उक्लिएसँगै यसअघि उक्त वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल एक स्थान तल झरेका छन्। त्यस्तै, ऊर्जा, गृह र पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका क्रमशः विराजभक्त श्रेष्ठ, सुधन गुरुङ र सुनिल लम्सालको मर्यादाक्रम पनि एक–एक स्थान तल परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीभित्र तेस्रो वरीयतामा छिन्।