देउवा कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै निधि
काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन्। मंसिर २१ देखि काठमाडौंमा हुने महाधिवेशनमा निधिले सभापतिमा उम्मेदवारी दिनेगरी आन्तरिक तयारी अघि बढाएका हुन्। आफूले सभापतिमा उम्मेदवारी दिनेबारे निधिले महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालालाई पनि जानकारी गराइसकेका छन्। हिजो चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकअघि कोइरालालाई निधिले भेटेका थिए। भेटमा आफूलाई सभापतिमा सहयोग गर्नको लागि आग्रह गरेको निधिनिकट एक नेताले बताए।