SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

राष्ट्रिय उद्योग दिवसमा संखुवासभाका ६ उद्यमी सम्मानित

खाँदबारी :‘औद्योगिक वातावरण सुधार स् दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ १२ औँ राष्ट्रिय उद्योग दिवस सङ्खुवासभामा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्लामा उद्यम तथा व्यवसाय सञ्चालन गर्दै आएका ६ जना उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले सम्मान गरेको छ ।उद्यमशीलताको विकास,स्थानीय स्रोतसाधनको उपयोग तथा उत्पादनमूलक व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई सम्मान गरिएको हो ।