SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरू

काठमाडौं : नेपाली र भारतीय सेनाबीच गुणस्तरीय संयुक्त अभ्यास सूर्यकिरणको २० औं संस्करण सुरू भएको छ। रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा बुधबारदेखि अभ्यास सुरु भएको हो। मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले अभ्यासको शुभारम्भ गरेका हुन्।दुवै देशका गणस्तरका सैनिक फौज सहभागी रहेको उक्त अभ्यास मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ। नेपाल र भारतमा २०६७ सालदेखि प्रत्येक वर्ष आलोपालो गरी सञ्चालन हुँदै आएको अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।