‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ जीवनी पुस्तक विमोचन
काठमाडौं : नेपालको उद्योग, व्यापार तथा समाजसेवामा उल्लेखनीय योगदान पुर्याएका स्वर्गीय वृजलाल केडियाको जीवन, संघर्ष र योगदान समेटिएको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ काठमाडौंमा आयोजित विशेष समारोहबीच विमोचन गरिएको छ।पुस्तकको संयुक्त विमोचन नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले गरेका थिए ।