१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताबाट आजबाट सुरु हुँदै, उद्घाटन भने १६ गते
१०औं राष्ट्रिय खेलकुद प्रतियोगीताका खेलहरू आजबाट सुरु हुँदैछन् । प्रतियोगीताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते हुने तय भएको छ । आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल सुरु हुने छन् । दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ ।