नयाँ दिल्लीमा महासंघ अध्यक्ष श्रेष्ठका ७ प्रस्ताव
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी एवम् संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरेका छन् ।