नयाँ दिल्ली पुगे प्रधानमन्त्री बालेन, भारतका राज्यमन्त्रीले गरे स्वागत
काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । उनीसहितको प्रतिनिधिमण्डलको टोली सवार नेपाल एयरलायन्सको विमान केहीबेर अघि भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको हो । प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गरेका छन् ।