जेनजी आन्दोलनमा फरार कैदीबन्दी पक्राउ
काठमाडौं । जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनी लागुऔषध मुद्दाका पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।