SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा बुढाथोकी

विराटनगर : निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित केशरकुमार बुढाथोकीले निर्माण क्षेत्रका वर्षौंदेखिका समस्या समाधान गर्ने प्रतिबद्धतासहित औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्। सरकारी भुक्तानीको अन्योल, बेरुजु व्यवस्थापन, मूल्यवृद्धिबाट प्रभावित आयोजना र म्याद गुज्रिएर अलपत्र परेका निर्माण कार्यलाई गति दिने जिम्मेवारी अब उनको नेतृत्वमा आएको छ।