SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८३ ११:०० AM · 1 मिनेट पढाइ

चक्रवात 'अकवान'को नेपालमा सामान्य प्रभाव,पूर्वी तराईमा हल्का वर्षाको सम्भावना

काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अकवान’को प्रभाव नेपालमा सामान्य मात्र पर्ने देखिएको छ। यसको प्रभावले पूर्वी तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहे पनि ठूलो वर्षाको संकेत भने छैन।शनिबार राति झापाको केचनामा वर्षा भएको छ। आइतबार दिउँसो वा राति पनि पूर्वी तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ भने अन्य केही स्थानमा बदली हुने सम्भावना छ।