SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले अदालतले हिरासतको म्याद थप गरेको पुष्टि गरे।