SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

मलेसिया जाने श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीको चार दिन म्याद थप

वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराध गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवक्ता अनुपम शमशेर जबराका अनुसार बिहीबार चार दिनको म्याद थप गरिएको हो।