SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

एनपीएल : चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनायो । जसमा डेभिड मलानले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रन बनायो ।