SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रिय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बिहीवार काठमाडौंस्थित एक होटलमा बैठक शुरु भएको हो । राष्ट्रिय भेला सम्पन्न भएलगत्तै एमालेले केन्द्रिय कमिटी बैठक बोलाएको हो । बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।