प्रधानमन्त्रीको भारत भ्रमण : नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन पूर्वकूटनतीज्ञहरुको सुझाब
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालको जलस्रोतलाई दुई देशको साझा समृद्धिको आधार बनाउने प्रस्ताव अघि सार्न पूर्वकूटनीतिज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जलविद्युत् उत्पादन र व्यापारसँगै सिँचाइ, खानेपानी तथा बाढी नियन्त्रणमा सहकार्य विस्तार गरेर दुवै देशले लाभ लिन सक्ने बताएका हुन् ।