SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

दाउन्नेमा सरर : २० देखि २५ मिनेटमै पहाड पार गर्न सकिने

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा अहिले सवारीसाधन सञ्चालन सहज बनेको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेपछि दाउन्ने पहाड पार गर्न अहिले २० देखि २५ मिनेट मात्रै लाग्ने गरेको छ । सडक निर्माणाधीन अवस्थामा रहँदा दाउन्ने पहाड पार गर्न यात्रुले दुईदेखि तीन घण्टासम्म सास्ती खेप्नुपर्ने अवस्था थियो ।